काठमाडौं महानगरपालिका–१४ कुलेश्वर डेरा गरी बस्ने ४६ वर्षीय श्रीराम गिरिको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलबिनायक भत्केको पाटी डेरा गरी बस्ने स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भएका शेर बहादुर कुवँरको कोठाको ताला फोडी सात लाख रुपैयाँ बराबरको सुनका विभिन्न गहना बुधाबर साँझ चोरी भएको छ ।
सुनसरीको देवानगंज गाउँपालिका–५ बस्ने जोधन यादबको घरबाट नगद १ लाख रुपैयाँ, १ तोला सुनको सिक्री तथा ३० तोला चाँदी बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।