बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, फाल्गुन २० २०७७

कैलाली ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
प्रलवले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।