बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बुधबार, फाल्गुन १९ २०७७

रौतहट ।  राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम सहित भारत सितामडी वैरगैनिया भकुरहर बस्ने २ जना १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।