बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

४ अर्ब २३ करोडको सेयर जारी हुँदै,  सेयरलगानीकर्ताका लागि लगानीको अवसर

शुक्रबार, फाल्गुन १४ २०७७

काठमाडौं  । सेयर लगानीकर्ताका लागि ठूलो लगानीको अवसर आउँदैछ । १० वटा कम्पनीले  ४ करोड २३ लाख बराबरको सेयर जारी गर्न लागेका छन् ।

धितोपत्र बोर्डका अनुसार ४ वटा कम्पनीको सेयर भने अहिले अन्तीम चरणमा रहेको छ । ४ वटा कम्पनीको २ अर्ब २३ करोड बराबरको २ करोड २३ लाख कित्ता सेयर जारी गर्ने क्रम अन्तीम चरणमा पुगेको छ ।

धितोपत्र बोर्डका अनुसार मैलुङ खोला जलविद्युत आयोजनाले ७ करोड ३६ लाख ७ लाख ३६ हजार कित्ता सेयर जारी गर्ने काम अन्तीम  चरणमा पुगेको छ  । त्यस्तै मध्यभोटेकोसी जलविद्युत कम्पनी १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाखको सेयर जारी गर्नका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको छ । दुबै कम्पनीको धितोपत्र बोर्डले कम्पनीको प्रस्तावमा कमेन्ट पठाइसकेको छ । सोहि अनुसार हुनेगरि सेयर जारी गर्ने गरि धितोपत्र बोर्डले सुझाव पठाएको छ।

यसबाहेक ङ्यादी जलविद्युत आयोजनाको ४० करोड ५० लाख रुपैयाँको ४० लाख ५० हजार कित्ता  सेयर जारी गर्न लागेको छ । जसको अहिले रिभिउ गर्ने क्रममा रहेको धितोपत्र बोर्ड बताउँछ ।

त्यस्तै सिइडिबी जलविद्युत आयोजनाको २५  करोड १८  लाख बराबरको २५ लाख १८ हजार कित्ता सेयर जारी गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ  । कुल २ अर्ब २३ करोड रुपैयाँको २ करोड २३ लाख कित्ता सेयर जारी गर्ने क्रम अन्तीम चरणमा छ । यि ४ कम्पनीका प्रस्ताव मध्ये दुईवटामा धितोपत्र बोर्डले कमेन्ट पठाइसकेको छ भने दुईवटाको अहिले अध्ययन भइरहेको छ ।

त्यस्तै हिमालयन जलविद्युत आयोजना, बिन्ध्यबासीनी जलविद्युत र डिस मिडिया नेटवर्कले पनि सेयर जारी गर्न लागेका छन् ।  यि तिनवटै कम्पनीको प्रारम्भिक अध्ययनको काम सकिएको छ ।

हिमालयन जलविद्युत आयोजनाले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको छ । जसको प्रारम्भिक अध्ययनको काम सकिएको धितोपत्र बोर्ड बताउँछ । र यसलाई सबै आवश्यक डकुमेन्ट पठाउन भनिएको छ ।

त्यस्तै बिन्ध्यबासीनी  जलविद्युत आयोजनाको २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता सेयर जारी गर्न लागेको छ । यसलाई पनि सबै कागजात पेश गर्न निर्देशन दिएको छ । र यसको प्रारम्भिक अध्ययन सकिएर सुझाव पनि पेश गर्न निर्देशन दिएको छ ।

त्यस्तै डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार कित्ता सेयर पनि जारी हुन लागेको छ । जसका लागि पहिलो चरणको अध्ययनको काम सकिएको छ । जसका लागि सुझाव पेश गरिएको धितोपत्र बोर्डले उपलब्ध गराएको तथ्यांकमा  उल्लेख  गरिएको छ ।

यस्तै पहिलो चरणमा ३ वटा कम्पनीको अध्ययन भइरहेको छ । तीन वटा कम्पनीको अध्ययन पहिलो चरणमा छ  । साहस उर्जाको १ करोड ५० लाख कित्ता , साम्लीङ पावर कम्पनीको १२ लाख ३० हजार कित्ता र बुद्धभुमि नेपाल जलविद्युत आयोजना  १२ लाख कित्ता सेयर जारी गर्नको लागि अध्ययन पहिलो चरणमा पुगेको छ ।