बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ    

बिहिबार, फाल्गुन १३ २०७७

काठमाडौं ।  काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–९ मंगलटार बजारबाट नियन्त्रित लागूऔषध १ सय थान डाइजेपाम, १ सय थान फेनारगन र १ सय थान नोर्फिन सहित सप्तरी सुरुङ्गा नगरपालिका–१० बस्ने २२ वर्षीय घर्मेन्द्र कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख २२६७ नम्बरको हाईसलाई ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले  जाँच गर्दा हाइसमा सवार कुमारलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
कैलालीको टिकापुर नगरपालिका–१ बाट करिब ११ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय गोबिन्द बिष्ट लगायत ६ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
नुवाकोटको ककनी गाउँपालिका–१ खाउटोलबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित काठमाडौं तार्केश्वर नगरपालिका–३ बस्ने ४० वर्षीय शशि कपुर दमाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।