बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा चाँदीसहित पक्राउ :–

बुधबार, फाल्गुन १२ २०७७

 सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १० गते एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । 
 पक्राउ पर्नेमा भारतको मधुवनी घर बताउने २६ वर्षिय जोसिम आलम छन् । 
 नेपालबाट अवैध रुपले लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको करीव १ किलो ३९ ग्राम चाँदीसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।  
 पक्राउ परेका निज आलमलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।