बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

मंगलबार, फाल्गुन ११ २०७७

काभ्रपालाञ्चोक ।  लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका(११ ठेगाना भएका राजिब भन्ने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका(११ स्थित लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
उनालाई कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।