रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर बेलबिछुवास्थित सीमा ईलाकाबाट फागुन ९ गते एपीएफ टोलीले करीब ३ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक्स तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल, बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले फागुन १० गते करीब १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छलि ल्याउँदै गरेको उक्त सामान पश्चिम नवलपरासी जिल्लाको सरावल गाँउपालिका ७ गणेशपुरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।