नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज सोमबार भने ३२ दसमलव ६७ अंकले घटेर २६ सय सात दसमलव ६७ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव २२ अंकले घटेर चार सय ७० दसमलव ३६ अंकमा झरेको छ ।
दुुई सय सात वटा कम्पनीहरुको ७८ हजार आठ सय ५८ पटकको कारोवारमा दुुई करोड १६ लाख १४ हजार चार सय ५२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब ४० करोड ६३ लाख १० हजार छ सय ७१ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा जलबिद्युत र अन्य समुहको सुचक बढेर हरियो देखिएपनि बाँकी समुहको सुचक भने उच्च अंकले घटेकाछन ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५२ दसमलव ५५ अंकले घटेर १८ सय ७६ दसमलव ९८ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।