बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित छ जना पक्राउ

सोमबार, फाल्गुन १० २०७७

काठमाडौं । मोरङको कटहरी गाउँपालिका ४ चमराही चोकबाट ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र १ थान डिजिटल काँटा सहित सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय मनराज शेख समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको 
छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोईन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ पुरानो भैसी बजार नजिकबाट करिब २ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका ७ बस्ने २० वर्षीय असलम अन्सारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश २(०३(०१० प ८०६६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
सिन्धुलीको कमलामाई नगरपालिका ६ माझीटारबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ धुरा बजार डेरा गरी बस्ने सोही नगरपालिका १२ घर भएका १९ वर्षीय अङकित बिक र गोलन्जोर गाउँपालिका ४ आरुबोट घर भएका ३१ वर्षीय राजु गजमेर रहेका छन् । बर्दिबासबाट सिन्धुलीतर्फ आईरहेको प्रदेश २(०२(००१ ह १२६२ नम्बरको अटोलाई प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार अङकितको साथमा उक्त पदार्थ फेला पारी अटो चालक राजु  समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।