शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

सोमबार, फाल्गुन १० २०७७

मकवानपुर ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबर गाउँपालिका ५ बस्ने ३२ वर्षीय निङमा लामालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 
ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।