बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेकपा प्रचण्ड–नेपाल समूहको प्रेस संगठन विस्तार,नेतृत्वमा को को आए ? (सूची सहित)

सोमबार, फाल्गुन १० २०७७

काठमाडौ । आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले उसको पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ। सो पार्टीले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै सो पार्टीनिकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो।

गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले पार्टी निकट पत्रकारको संगठनका संयोजक महेश्वर दाहाललाई यथावत राखेर इन्चार्ज र सह-इन्चार्ज तथा पदाधिकारीहरु तोकेको हो ।

प्रचण्ड(माधव पक्षले प्रेस संगठनको इन्चार्जमा योगेश भट्टराई र सहइन्चार्जमा विष्णु रिजाललाई चयन गरेको छ । पार्टी विभाजनपछि इन्चार्ज राजेन्द्र गौतम केपी ओली पक्षमा लागेकाले उनको ठाउँमा योगेश भट्टराईलाई ल्याइएको हो ।

सहसंयोजक गणेश बस्नेत केपी ओलीपक्षीय प्रेस संगठनको संयोजक बनेपछि उनलाई हटाएर सहसंयोजकमा विश्वमणी सुवेदी र विष्णु सापकोटा ‘जुगल’ लाई तोकिएको छ भने महासचिव राजेश राई चयन भएका छन् । सापकोटा पूर्वमाओवादी पक्षका हुने भने सुवेदी र राई पूर्वएमाले पक्षका हुन् ।

नेकपा विभाजित भएपछि उसका पेशागत संगठनहरुलाई पुनर्गठन गरिएको हो। प्रेस संगठनले सातवटा प्रदेशसहित उपत्यका प्रदेश, एसोसियट प्रदेश, प्रतिष्ठान प्रदेश समेत पुनर्गठन गरेको छ।

जसअन्तर्गत प्रदेश १ को इन्चार्जमा राजन केडी, संयोजक देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन्। गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन्। लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ।

कर्णाली प्रदेशका इन्चार्जमा जीवन विसी र संयोजक गणेशकञ्चन भारती चयन भएका छन्। सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन्।

उपत्यका प्रदेश इन्चार्जमा सुरोजंग पाण्डे र संयोजकमा नवराज दाहाललाई चुनिएको छ। एसोसियट प्रदेशको इन्चार्जमा ध्रुव लम्साल र संयोजकमा डब्बु क्षेत्री छानिएका छन्। प्रतिष्ठान प्रदेशको इज्चार्ज विदुर खड्काले पाउँदा वीरेन्द्र ओली संयोजक चयन भएको संगठनले जनाएको छ।