सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

उपराष्ट्रपति सरकारविरुद्ध बोल्दै हिँडैछन्, सभामुख झगडिया भए : ओली

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन्।विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने,’ उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरिरहेका छन्। उनको पद सरकारको विरोध गर्दै हिँड्ने होइन।’  

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष मुद्दा हाल्दै हिँडेको भन्दै सभामुख अग्नी सापकोटा समेत झगडिया बनेर मुद्दा हाल्दै हिँडेको बताए। ‘सभामुख बनाएको व्यक्ति नै सरकारविरुद्ध मुद्दा हाल्दै हिँडिरहेका छन्। सभामुख झगडिया हुन जानु भयो’ उनले भने। ओलीले सभामुख सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए।

आन्दोलनको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफूपक्षीय नेकपाले आयोजना गरेको आमसभामा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएका हु्न् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा  विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।

उनले भने, ‘चुनाव हुन्छ नै,  त्यसकारण तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस् , यदि कहिँ कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम  सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध  फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ । त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ । ’