सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रचण्ड–माधव समूहका कार्यकर्ताद्वारा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन 

शनिबार, फाल्गुन ८ २०७७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् ।

आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।

प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।