बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावको तयारी थाल्न सभापती देउबाको निर्देशन

शनिबार, फाल्गुन ८ २०७७

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाबको तयारी थाल्न पार्टिका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै सभापती देउवाले  यस्तो निर्देशन दिएका हुन ।

प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले चुनाबका लागी तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिदै देउबाले भने “‘प्रचण्ड-ओलीलाई चुनाव लागिसक्यो। चुनाव चिन्ह मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा साथीहरू चुनाव हुँदैन भनिरहेका छन्। चुनाव भयो भने के गर्ने ? कि चुनावमा जानुपर्‍यो कि राजनीति गर्न भएन। चुनावबाट त भाग्न मिल्दैन नि।’

सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे स्वीकार गरेर जाने बताउदै देउबाले पुनर्स्थापना भएन भने कांग्रेस चुनावबाट भाग्न नमिल्ने धारणा राखे ।