सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यस कारण प्रचण्ड–नेपाल समूहका नेताहरू नागरिकता बोकेर पेरिसडाँडामा

शुक्रबार, फाल्गुन ७ २०७७

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा नेताहरू नागरिकता लिएर पुगेका छन् ।

निर्वाचन आयोगले नेकपा विवाद निरूपणमा ढिलाइ गरेको भन्दै प्रचण्ड(नेपाल समूहले छलफल गर्न आकस्मिक बैठक बोलाएको थियो ।

नेकपा नेतृ रामकुमारी झाँक्रीले बैठक सुरु भएको जानकारी दिइन् ।

‘केन्द्रीय सदस्यहरूलाई नागरिकता लिएर आउनु भनेको हो, बैठक सुरु भयो, कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुँदैछ,’ नेतृ झाँक्रीले हाम्रा कुरासँग भनिन् ।

बैठकका लागि केन्द्रीय सदस्यहरू नागरिकता र पचियपत्र लिएर पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालय धमाधम पुग्दै छन् ।

सो समूहले २० माघमा निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग दाबी गर्दै पत्र दर्ता गराएको थियो ।

तर सो विषयमा आयोगले अहिलेसम्म पनि कुनै निर्णय गर्न सकेको छैन ।