मोडल सम्पदा बानियाले नायक श्रीदेव भट्टराईलाई पति बनाएर पूजा गरेको भिडियो बाहिरिएको छ ।
भिडियो भ्यालेन्टाइन डेको दिन बाहिरिएको हो । तर यो सबै पर्दाको लागि हो ।
गीतकार प्रीति आत्रेय ज्ञवालि को शब्द मेलिना राइ को स्वर र ज्योति प्रकाशको सङ्गित रहेको गीतको भिडियोमा यो सबै गरिएको हो ।
भिडियोलाइ अजय रेग्मीले खिचेका हुन । आर्या आत्रेयले निर्माण गरेको भिडियोमा बाल कलाकार आर्या कोइराला भोजराज आचार्य गणेश प्रसाइ को समेत अभिनय हेर्न सकिन्छ ।
बिकाश दाहाल ले सम्पादन गरेको भिडियो लाइ प्रकाश धितालले निर्देशन गरेका हुन ।
एस थ्री के च्यानल बाट रिलिज गरेको भिडियोमा एसोसियट निर्देशक लोकराज अधिकारी रहेका छन ।
भिडियो ले दर्शकको मन जित्दै गएको एस थ्रीकेका नेपाल प्रतिनिधि चक्र सावदले बताएका छन ।