काठमाडौं । साधारणतया यसअघिमा प्रधानमन्त्रीहरूले नपाएको सुरक्षा घेरा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नेपाली सेनाले कार्यान्वयन गरेको खुलेको छ।
प्रधानमन्त्री ओली अहिलेसम्मकै विशिष्टहरू मध्यको सेनाको ठूलो सुरक्षा कवचमा रहेका छन्।
ओलीका लागि पहिलो सुरक्षा घेरा नेपाली सेनाका सादा पोशाकका कमान्डो तालिमप्राप्त अधिकारीहरूले दिइरहेका छन्।
त्यसमा पनि मेसिनगन्ज धारी स्पाइनरहरूको अति प्राथमिक टोली ओलीको सबैभन्दा साँघुरो सुरक्षा केन्द्रमा रहँदै आएका छन्।
खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहका पूर्वलडाकुलगायतको खतरा रहेपछि सेनाको इन्टेलिजेन्सको रिपोर्टका आधारमा नै प्रधानमन्त्री ओलीको यो सुरक्षा घेरा तयार पारिएको बताइएको छ।
उच्च सुरक्षा स्रोतले भन्यो,‘प्रधानमन्त्री ओलीलाई आक्रमण गर्नका लागि विरोधीहरु सक्रिय रहेको पाइयो, अहिलेको राजनीतिक अवस्था पनि सोही प्रकारको देखिएका कारण सुरक्षा अवस्था बलियो बनाइएको हो।’
प्रधानमन्त्री ओलीका लागि गोप्य रुपमा दुई बुलेटप्रुफ छाता र एक अत्याधुनिक मेसिनगञ्ज बोकेका सैन्य अधिकारी अनिवार्य खटाइन थालेको छ। यो उनको सबैभन्दा भरपर्दिलो सुरक्षा कबच हो।
यो टिम उनी उभिएको अगाडि र पछाडी ब्रिफकेश बोकेर बसेको हुन्छ, त्यहि ब्रिफकेशमा हुन्छन् ति सुरक्षाकबच र प्रत्याक्रमणको हतियार।
अति विशिष्ट व्यक्तिमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यो कोर टिमले पहिलो चरणमा सुरक्षा प्रत्याक्रमण गर्ने रणनीति बनाइएको हुने अधिकारीहरू बताउँछन्।
यस्तो सुरक्षा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, रसियाका राष्ट्रपति भ्लादिमर पुटिनको समेत हुने गरेको बताइन्छ।
‘हाम्रोमा त्यति एडभान्स नभए पनि उपलब्ध सबैभन्दा राम्रो सुरक्षा अहिले प्रधानमन्त्रीलाई दिइएको छ’, सैनिक शुत्रले भन्यो,‘देशको कार्यकारी प्रमुखको सुरक्षाको जिम्मेवारी राज्यको अंगको दायित्व हो।’