बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

म्युजिक भिडियोमा पल र स्वस्तिमाको प्रेम 

मंगलबार, फाल्गुन ४ २०७७

काठमाडौं । छिल्लो समय नायक पल शाह र नायिका  स्वस्तिमा खड्का अभिनित  ’ज्यानमारा मुस्कान’ बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ । गीतमा  दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ । 

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।