काठमाडौं । नेप्से सुचक तथा कारोवार रकममा उच्च अंकले गिरावट आएको छ ।
आज मंगलबार नेप्से २९ दसमलव एक अंकले घटेर २५ सय ३२ दसमलव ४६ अंकमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ८९ अंकले घटेर चार सय ६१ दसमलव ७० अंकमा झरेको छ ।
आज एक सय ९४ वटा कम्पनीहरुको ७१ हजार एक सय १२ पटकको कारोवारमा एक करोड ५९ लाख ८५ हजार एक सय ९८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब १४ करोड ६२ लाख ६९ हजार एक सय ९३ रुपैयाँ पुगेको छ ।
आज ३५ मिनेट नेप्सेको नियमित कारोवार कक्ष अवरुद्ध हुंदा नेप्से ३ः३५ बजे बन्द भएको थियो ।
आज १२ वटा समुहको कारोवार हुंदा बिकास बैक र फाईनान्स समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन ।
सो मध्ये बाँणिज्य बैक समुहको सुचक नौ दसमलव ४२ अंकले घटेर १७ सय ६९ दसमलव ८६ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुुडविल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ ।
रकम कारोवारका आधारमा भने आज ग्रामिण बिकास लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ ।