शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सेयर कारोबारमा समस्या, नेप्सेले थप्यो समय

मंगलबार, माघ २७ २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबार प्रणालीमा आएको समस्या पछि नेप्सेले कारोबार समयावधी थप गरेको छ ।

दिउसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि आजका लागि ३५ मिनेट कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ ।

सार्वजनिक बिदा बाहेक हप्तामा ५ दिन बिहान ११ बजेदेखि मध्यान्ह ३ बजेसम्म कारोबार हुने गरेको छ ।

तर आज समस्या आएकले ३ बजेर ३५ मिनेटसम्म कारोबार खुला हुने नेप्सेले जनाएको छ ।

साताको तेस्रो कारोबार मंगलबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको थियो ।

कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ नामक सफ्टवेयर लिएर अनलाइन कारोबार गर्दै आएका लगानीकर्ताहरु अलमलमा परेका थिए ।

नेप्सेको वेवसाइटमा कारोबार रकम १ अर्ब ५४ करोड रुपैयाँ भन्दा धेरै पुगिसक्दा समेत टिएमएसमा भने ९० करोड ७६ लाख रुपैयाँमात्रै देखाएको थियो ।