शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेले आज पनि मार्यो छलाङः ३७ अंकले बढेको नेप्सेमा १० अर्ब ६१ करोडको सेयर किनबेच

सोमबार, माघ २६ २०७७

काठमाडौं । नेप्सेले आजपनि छलाङ मारेको छ । नेप्से आज सोमबार ३७ दसमलव ४८ अंकले बढेर २५ सय ६१ दसमलव ४७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव २८ अंकले बढेर चार सय ६६ दसमलव ६० अंकमा चढेको छ । 

दुुई सय छ वटा कम्पनीहरुको ९२ हजार ७९ पटकको कारोवारमा दुुई करोड ११ हजार पाँच सय ५५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । 

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ६७ दसमलव ७२ अंकले बढेर १७ सय ७९ दसमलव २७ बिन्दुुमा चढेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, होटल, अन्य र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । 

जलबिद्युुत समुहको सुचक भने आज १९ दसमलव ७३ अंकले घटेर १९ सय ९८ दसमलव ४० बिन्दुुमा झरेकोमा निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचकहरु भने घटेकाछन ।
  
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्था परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभुु बैंक पहिलो स्थानमा परेको छ ।