काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंक धेरैले बढेको छ ।
प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।
लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् ।
फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।
आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो ।
सोमबार पनि यहिँ अनुपातमा बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।