शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुुबैले मार्यो छलाङ

आइतबार, माघ २५ २०७७

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबैले छलाङ मारेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ४८ दसमलव ७४ अंकले बढेर २५ सय २४ अंकमा चढ्दा सेन्सिटिभ पनि पाँच दसमलव तीन अंकले बढेर चार सय ५९ दसमलव ३३ अंकमा चढेको छ । 

आज दुुई सय दुुई वटा कम्पनीहरुको ८७ हजार छ सय ७० पटकको कारोवारमा एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम १० अर्ब ४४ करोड १९ लाख ५१ हजार तीन सय चार रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोवार हुंदा बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । 

सो मध्ये जलबिद्युत समुहको सुचक ५९ दसमलव २१ अंकले बढेर दुुई हजार १८ दसमलव १३ अंकमा पुुग्दा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गणपती लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल फाईनान्स परेको छ ।

 यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।