धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार नियमित समयमा खुलेको छ।
ज्ञटण्ण्घघद्दज्ञडडलष्अि।नष
नेप्से तोकेको रेन्जभित्र यो कम्पनी सेयर किनबेच भएसँगै नियमित समयमा कारोबार खुलेको हो। नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता ९६.६९ देखि रु २९०.०७ रेन्ज तोकेको थियो।
जसअनुसार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीकासेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको छ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो।