काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले नारायणहिटी राजदरबार क्षेत्रमा बृहत् जनसभा सम्पन्न गरेको छ।
बागमती प्रदेश कमिटीले आयोजना कार्यक्रममा जनसभा गर्नुअघि राजधानीका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो।
जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको थियो। सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए।
केही तस्वीर झलक :








