सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ओली संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा

शनिबार, माघ २४ २०७७

प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।

अगामी वैशाखमा चुनाव हुन नसक्ने र प्रधानमन्त्री केपी ओलीका कारण संविधानसमेत खतरामा परेको भट्टराईले प्रतिक्रिया दिए। प्रतिनिधिसभा विघटनविरुद्ध संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको विरोधसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘प्रधानमन्त्री ओलीलाई अहिलेको संविधान पहिल्यैदेखि चित्त बुझेको थिएन। त्यसैले संसद विघटन गरे।

ओलीलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति इच्छा नभएकाले भित्री र बाहिरी शक्तिसँग मिलेर संसद् विघटन गरेका भट्टराईले आरोप लगाए। प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुन नसक्ने पनि उनले बताए।

राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु ‘चरम निरंकुशता’ र ‘तानाशाही प्रवृत्ति’ भएको पनि भट्टराईले आरोप लगाए। 

प्रतिगमनका कारण निर्वाचन पनि नहुने र देश अँध्यारो दिशामा जाने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए। उनले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउन नभई दम्भ देखाउन प्रतिनिधिसभा खारेज गरेर चुनाव घोषणा गरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका कारण यो अवस्थामा चुनाव पनि नहुने र मुलुक लामो समयका लागि अन्योलता र अस्थितातर्फ धकेलिने अध्यक्ष यादवको आरोप ‍थियो।

असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्न अहिले पनि नेपाली कांग्रेसले इच्छा नदेखाएको पनि यादवले बताए।