काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रमाथिको गम्भिर प्रहारका विरुद्ध सम्पूर्ण नेपाली जनता एकतावद्ध हुँदै गएको बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले ओलीको प्रतिगामी कदमविरुद्ध माघ २२ गते प्रतिकातमक रुपमा आमहड्ताल गर्नु परेको दाबी गरे ।
‘नेपालको संविधानमा र कानूनी शासनमा विश्वास गर्नेहरुको आव्हानमा आम हड्ताल गरेका हौँ । यसमा आम जनसमुदायको समर्थन रहेको छ’, नेता नेपालले भने, ‘ओलीले राज्य कब्जा गर्ने प्रयास गरे र प्रजातन्त्रको घाँटी निमोठ्ने प्रयास गरे ।
त्यसैले यो आन्दोलन नेकपाको मात्रै मामिला रहेन ।’ उनले हिजोको बन्द हड्तालले ओलीले जेजे गर्छन् त्यो तमासा हेरेर जनता नबस्ने पुष्टि भएको पनि बताए ।
आन्दोलनबारे केपी ओली पक्षले भ्रमहरु छरेको भन्दै नेता नेपालले केपी ओलीको भ्रमबाट अब कोही नतर्सने बताए ।
‘भ्रमहरु बाँडिएको छ । झुठको खेती गरिएको छ । केपी ओलीलाई चेतना भया कोही तर्सने र आतंकित हुनेवाला छैनन् तपार्इंको धम्कीबाट’, ओलीलाई अध्यक्ष नेपालको चेतावनी छ ।
उनले आन्दोलनका क्रममा प्रहरीले आफ्ना नेता कार्यकर्तामाथि ओलीकै निर्देशनमा ज्यादती गरेकोमा भर्त्सना ना गरे ।
आधिकारिक नेकपा आफूतिरै रहेको भन्दै ओली समुह चोइटिएर बालकोटको घेराभित्र सिमित हुन पुगेको बताए ।
उनले विचार, विधि, नीति र संविधानको रक्षाको लडाईं भएकाले ओलीका अपराधहरुको एक एक हिसाब इतिहासले गर्ने दाबी पनि गरे ।