ग्रीन लाइफ हाइड्रोको आईपीओ आजदेखि खुल्ने भएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो। म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याएपछिको बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
माघ २३ देखि छिटोमा २७ सम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रूपमा बिओके क्यापिटल रहेको छ ।
यसअघि प्रभावित स्थनीयका लागि खोलिएको सेयरमा सम्पूर्ण रुपमा बिक्री नभएपछि सो समेत थप गरी अहिले सर्वसाधारणलाई जारी गर्न लागिएको हो।
कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ।