सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘दाहाल–नेपाल’ पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? :(फोटोसहित)

शुक्रबार, माघ २३ २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले विहीबार मुलुकभर आह्वान गरिएको आमहड्ताल सफल भएको जनाएको छ ।

प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर गरिएको आमहड्ताल अपराह्न ५ बजेपछि खुलेको हो ।

विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

उनले भने, ‘नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।’

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल प्रयोगको आरोप लगाउँदै उनले  सयौं नेता कार्यकर्ता पक्राउ पर्नुका साथै केही नेताहरु घाइते भएको जानकारी दिए ।

आम हडतालमा देखिएको काठमाडौंः

mukyamantri.JPGbanda bus.JPGprachanda.JPGprachand-madhav nepal banda (1).jpgastalaxmi.JPG