काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ ।
आज दाहाल–नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो ।
दाहाल सातदोबाटो पुग्दा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएका थिए । दाहालले पनि नारा लगाउन साथ दिनु भएको थियो ।
हड्ताल सफल बनाउन दाहाल सडकमा, फागुनबाट जनआन्दोलन सुरु हुने ।
सातदोबाटोमा रहेका कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलन अझ शसक्त बनाउने बताउनुभयो ।
उहाँले लोकतन्त्र रक्षाका लागि आफ्नो आन्दोलन रहेको स्पष्ट पार्नुभयो ।
आन्दोलन अझ सशक्त पार्ने भन्दै दाहालले फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सुरु हुने बताउनुभयो ।
‘२८ गते विशाल प्रदर्शन गर्नेछौं, उहाँले भन्नुभयो, त्यसपछि फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ ।”