बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपा (प्रचण्ड–नेपाल) को आम हड्तालः ट्याक्सीमा आगजनी

बिहिबार, माघ २२ २०७७

काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।

प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको जनाएको छ ।

गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा (प्रचण्ड–नेपाल खेमा) बिहीबार आम हड्तालको आह्वान गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आकश्मिक रुपमा आम हड्ताल गर्ने घोषणा गरेको हो ।

यसैबिच गृह मन्त्रालयले बन्द गराउनेलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ ।