सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ओलिको प्रदर्शनमा सामेल हुन गृह मन्त्रालयले सरकारी खर्चमा ल्याउने

बिहिबार, माघ २२ २०७७

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलेआफ्नो पार्टीमा उत्पन्न विवादमा आफूलाई शक्तिशाली सावित गर्न ओलीले शुक्रबार राजधानीस्थित नारायणहिटी संग्रहालयअघि हुने प्रदर्शनमा जिल्ला बाहिरबाट सामेल हुन चाहनेलाई जसरी पनि ल्याउन गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई निर्देशन दिन लगाएका हुन्।

ओलीले आफ्ना विरोधीलाई तह लगाउन शक्ति प्रदर्शनका नाममा सरकारी शक्तिको दुरुपयोगको सिलसिला सुरु गरेका छन्।
बुधबार संवैधानिक आयोगहरुमा सिफारिस भएका पदाधिकारी र सदस्यहरुले सपथ खाएको विरोधमा ओलीको पार्टी नेकपाको अर्को (पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल) पक्षले बिहीबार आम हड्तालको घोषणा गरेपछि ‘काउन्टर’मा ओली पक्षका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा निकायका प्रमुखहरुलाई गृह मन्त्रालय बोलाएर प्रर्दशनमा सहभागी हुन आउनेलाई जसरी पनि ल्याउन निर्देशन दिएको स्रोतको दाबी छ

जिल्लाबाट जसरी पनि मानिस ल्याउन गृहमन्त्री थापाले निर्देशन दिएसँगै बिहीबार ओली र दाहाल–नेपाल पक्षबीच मुठभेड हुने सम्भावना तीब्र भएको छ। पार्टी विभाजन भएयता विभिन्न ठाउँमा दुवै पक्षबीच झडपहरु भइरहेका बेला बिहीबार घोषणा गरिएको आम हड्तालमा त्यो सम्भावना झन् तीब्र बनेको हो।
प्रहरीले दाहाल–नेपाल पक्षद्वारा घोषित आम हड्ताललाई लक्षित गरी सडकमा अघिपछिको आन्दोलनभन्दा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने आकस्मिक योजना बनाएको बुझिएको छ। योसँगै आम हड्ताल आह्वानकर्तासँग प्रहरीको समेत झड्प हुने सम्भावना देखिन्छ।