शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

काभ्रेको भकुन्डेबेशीमा रंगकर्मी अधिकारीको ‘पिपल चौतारी’ शुरु 

बुधबार, माघ २१ २०७७

काभ्रे । रंगकर्मी तथा कलाकार सुरज अधिकारीले काभ्रेको भकुन्डेबेशीमा आफ्नो व्यवसायीक जिवन शुरु गरेका छन् ।

 थुप्रै नाटक, म्युजिक भिडियो तथा चलचित्रहरुमा आफ्नो अभिनय तथा क्षमता देखाई सकेका सुरजले अब व्यवसायमा आफ्नो कला देखाउने भएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको सुन्दर नगर भकुन्डेबेशीमा उनले हालै ‘पिपल चौतारी’ नामक होटल संचालनमा ल्याएका छन् ।

राजधानीबाट नजिकै रहेको करिब ५० किमीको बाटोमा पुरातात्विक सामग्री तथा सजावटले एउटा संग्राहलयको भान दिने भन्दै नगर प्रमुख टिपी शर्माले प्रसंसा गर्दै प्रगतिको कामना गरे ।

pipal chautari utghatan.JPG

 होटल उद्घाटनको क्रममा उनले हराउँदै गएको संस्कृतिको समेत जगेर्ना गरि नयाँ पुस्तालाई जानकारी दिन यस्तो किसिमको होटल संचालनमा आउनु नमोबुद्ध नगरपालिकाकै गर्वको बिषय रहेको बताए ।

लकडाउनमा गाउँ बसाइसँगै नयाँ व्यवसाय गर्ने सोचका साथ सुरु गरेको बताउँदै कलाकार सुरजले आफ्नो कलाकारितासँगै व्यवसायीक जिवनलाई पनि निरन्तरता दिने बताए ।

यसैगरि शान्त वातावरणमा मिटिङ वर्थ डे पार्टी क्याम्प फायर लगाएतका विभिन्न सुविधा भएकोले काठमाडौंबाट विदा मानाउन समेत यहाँ आउन सकिने उनको भनाई रहेको छ ।

hotel pipal chautari kavre.JPG