काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्याली निकाल्दैछ।
माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्याली निकाल्न लागेको हो। आज मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली,त्रिपुरेश्वर, आरएनसी,जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सकिनेछ।
नेकपा ओली समूहे बागमती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा जनसभा आयोजना हुँदैछ। नारायणहिटी नजिकैको सडकमा हुने सो जनसभालाई प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले लगायत शीर्ष नेताले सम्बोधन गर्ने नेकपा बागमती प्रदेशले जनाएको छ।