सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

तोप गोलासँग नहार्ने हामी, क्रिकेटमा किन हार्नु परेको छ ?

बुधबार, माघ २१ २०७७

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गरेका हुन ।

उनले खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिँदै भने, ‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने ? क्रिकेटमा किन हार्नु परेको छ ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो । एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनले बताए ।

‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोटनमा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,’ उनले भने।

खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीले बताए । उनले यो क्रम अझै बढने बताए। ‘कामको कदर गर्न अलि धित मर्नेगरी मैले नै सुरु गरेको होला। अझै अघि बढने छ,’ उनले भने।