काठमाडौ, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) सरकारसंगको वार्ताप्रति सकारात्मक भएको छ । पछिल्लो समय आफ्नो शक्ति क्षिण हुन थालेपछि विप्लव समूहले प्रवक्ता खड्खबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा धमेन्द्र बाँस्तोला र चिरन पुन सदस्य छन्। उनीहरुले अहिले सरकारसँग वार्ता गर्न चाहेको र सरकारले यसअघि पनि धोका दिएको भन्दै विश्वास गर्न नसकिने जवाफ दिएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागेको छ। विप्लव नेतृत्वको नेकपाले सर्वसाधारणको ज्यानै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै सरकारले २०७५ फागुन २९ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।
सरकारी प्रतिबन्धसँगै विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका थिए। योबीचमा विप्लव समूहका केन्द्रीय नेतासमेत पक्राउ परेका छन् भने धेरै कार्यकर्ता पलायन भएका छन्। तै पनि विप्लव समूहले हिंसात्मक क्रियाकलाप जारी राखेको छ।