शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

चन्द्रागिरी हिल्सको सेयर कारोबार आगामी साताबाट 

मंगलबार, माघ २० २०७७

चन्द्रागिरी हिल्स लिमिटेडको सेयर आगामी सातादेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुने भएको छ।

आज मंगलबार नेपाल स्टक एक्सचेन्जस्थित कार्यालयमा चन्द्रागिरी हिल्स ले सेयर सूचीकरणका लागि प्रक्रिया अघि बढाएको छ।

चन्द्रागिरीको सेयर पर्सि बिहीबार वा शुक्रबारसम्ममा सेयर सूचीकरण हुने नेप्सेले जनाएको छ।

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु ९६.६९ देखि रु २९०.०७ रेन्ज तोक्ने बताइएको छ।

प्रिओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको सेयर किनबेच भयो भने नियमित समयमा कारोबार खुला हुनेछ। 

चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो।