काठमाडौ, नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरि प्रशारण भएको नेपालको आफनै साँगितिक रियालीटि शो को पहिलो सिजनको अन्तिम प्रतिस्पर्धा यही माघ १७ गते बेलुकी सक्किएको छ । वाइवाइ नेपाल स्टारको यो अन्तिम प्रतिस्र्पधामा पोखराकी एलिना गुरुङ्गले पहिलो सिजनको वाइवाइनेपाल स्टारको उपाधीजित्न सफल भएकी छिन् ।
नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहकाबीच कार्यक्रम भएको थियो । नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई बिश्वको कुनाकुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइवाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहनुहुने सम्पुर्ण सहभागीहरुले देशको नाम राख्न सफलभएको मन्त्री गुरुङले बताएका थिए । नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आमदर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुसभएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिए ।
नेपालको आफनै एकमात्र साँगितिक रियालीटि शो वाइवाइ नेपाल स्टारको अडिसन नेपालको ७ बटै प्रदेशमा भएको थियो । यस वाइवाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइवाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए । वाइवाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाण्डौका शुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए । यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही रु ५, ५ लाखका दरले नग दप्राप्त गरका थिए भने वाइवाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित रु ३५ लाख नगद जितेकी छिन् ।
वाइवाइ नेपाल स्टार २०७६ साल फाल्गुन २४ गते शनिवारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रशारण शूरुवात भएको थियो । बिश्वमहामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल स्टार पनि केही समय रोकिन पुगेको थियो र यसलाई पुन केही समयपछि निरन्तरता दिइएको थियो । यस कार्यक्रमलाई बिश्वस्तरको बनाउन नेपाल स्टारका डाइरेक्टर रवि श्रेष्ठको अथक प्रयास, मेहनत र परिश्रम प्रत्यक्ष प्रशारणसम्म रहेको थियो भने उहाँसँग एउटै टिममा रहेर काम गर्नुहुने सम्पुर्ण नेपाल स्टार उत्पादन,व्यवस्थापन टिमको उत्तिकै मेहनत रहेको थियो ।
वाइवाइ नेपाल स्टार जस्तो नेपालको आफनै साँगितिका रियालिटी शो परिकल्पना कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले गर्नुभएको थियो र उहाँले शुरुदेखि अन्तसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठ लगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्षरुपमा संबाद गर्नुभएको थियो ।