काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ५४ दसमलव ७५ अंकले घटेर २३ सय ७० दसमलव ५४ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव ७३ अंकले घटेर चार सय ३२ दसमलव ३३ अंकमा झरेको छ ।
आज दुुई सय छ वटा कम्पनीहरुको ९६ हजार एक सय ५६ पटकको कारोवारमा एक करोड ६२ लाख ७७ हजार दुुई सय ४५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार हुुंदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव एक अंकले घटेर १६ सय ६९ दसमलव ९२ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ३७ दसमलव १२ अंकले घटेर १८ सय ३४ दसमलव ३२ अंकमा झरेको छ ।
यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभुु लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिलायन्स फाईनान्स पहिलो स्थानमा परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।