बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१६ अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा ९ वटा समुहले गुमाए

बिहिबार, माघ १५ २०७७

काठमाडौं । आज साताको अन्तिमदिन नेप्से घटेको छ । आज बिहिबार नेप्से १६ दसमलव ५५ अंकले घटेर २४ सय २५ दसमलव २९ अंकमा झर्दा सेन्सिटिभ पनि चार दसमलव ३२ अंकले घटेर चार सय ४२ दसमलव छ अंकमा झरेको छ । 

आज दुई सय नौ वटा कम्पनीहरुको ८२ हजार तीन सय ५२ पटकको कारोवारमा दुुई करोड २१ लाख ५३ हजार नौ सय ८१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार एक सय २८ रुपैयाँ रहेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा हुंदा तीन वटा समुहको सुचक बढेर बाँकी नौ वटा समुहको सुचक घटेकाछन ।

 ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव आठ अंकले घटेर १७ सय ११ दसमलव ६३ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि २२ दसमलव ९१ अंकले घटेर १८ सय ७१ दसमलव ७४ अंकमा झरेको छ । 

बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।

 निर्जिवन बीमा, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने बढेकाछन ।  

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्योदय लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ ईक्विटी फण्ड परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नै परेको छ ।