काठमाडौं । नेप्से आज सोमबार पनि बढेको छ । आज नेप्से १६ दसमलव चार अंकले बढेर २४ सय ४० दसमलव ८७ अंकमा पुुग्दा सेन्सिटिभ भने शुन्य दसमलव २४ अंकले घटेर चार सय ५१ दसमलव ८२ अंकमा झरेको छ ।
आज दुुई सय आठ वटा कमपनीहरुको ७२ हजार सात सय ७३ पटकको कारोवारमा एक करोड ९२ लाख ८५ हजार पाँच सय चार कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार सात सय ३१ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन ।
सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव २२ अंकले बढेर १७ सय ६९ दसमलव ६४ चढेकोमा टे«डिङ, निर्जिवन बीमा, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
बिकास बैक समुहको सुचक भने आज २० दसमलव ७७ अंकले घटेर २५ सय ५६ दसमलव एक अंकमा झरेकोमा जलबिद्युुत, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स र उत्पादनमुुलक समुहको सुचकहरु पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।