शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेले कायम गर्यो नयाँ रेकर्ड, सुचक तथा कारोवार रकम दुबै बढे

बिहिबार, माघ ८ २०७७

काठमाडौं । नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज बिहिबार नेप्से ३१ दसमलव ८७ अंकले बढेर २३ सय ७४ दसमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ दुई दसमलव ५९ अंकले बढेर चार सय ४५ दसमलव ५९ अंकमा चढेको छ ।

आज दुुई सय नौ वटा कम्पनीहरुको ६९ हजार दुुई सय ९२ पटकको कारोवारमा एक करोड ८० लाख ९६ हजार आठ सय २९ कित्ता किनबेच भएकाछन भने सेयर कारोवार रकम सात अर्ब ७९ करोड ४१ लाख ३२ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुुंदा बाँणिज्य बैंक र सामुुहिक लगानी कोष समुहको घटेर बाँकी समुहको सुचक बढेकाछन ।

ति मध्ये बिकास बैक समुहको सुचक ३१ दसमलव ३८ अंकले बढेर दुुई हजार पाँच सय ५५ दसमलव ९७ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचकहरु पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स लघुबित्त संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।