काठमाडौं । नेप्से घटेको छ । आज मंगलबार नेप्से पाँच दसमलव ५७ अंकले घटेर २३ सय २६ दसमलव ९० अंकमा झर्दा सेन्सिटिभ पनि दुुई दसमलव ८५ अंकले घटेर चार सय ४२ दसमलव ८२ अंकमा झरेको छ ।
आज दुुई सय छ वटा कम्पनीहरुको ५७ हजार नौ सय ८० पटकको कारोवारमा एक करोड ६३ लाख पाँच हजार एक सय ४१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम सात अर्ब ४६ करोड ७४ लाख ३९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा टे«डिङ, फाईनान्स र जीवन बीमा बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव छ अंकले घटेर १७ सय ३० दसमलव ३२ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक आठ दसमलव १४ अंकले घटेर १७ सय ५६ दसमलव ४७ अंकमा पुुगेको छ ।
बिकास बैंक, निर्जिवन बीमा, होटल, उत्पादमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रोग्रेसिभ फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट माईक्रो फाईनान्स परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।