शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा आज पनि छलाङः एकै दिन १७ अंकले बढ्यो 

सोमबार, माघ ५ २०७७

काठमाडौं । नेप्से आज सोमबार १७ दसमलव ३१ अंकले बढेर २३ सय ३२ दसमलव ३२ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दसमलव १८ अंकले बढेर चार सय ४५ दसमलव ६१ अंकमा चढेको छ । 
नेप्सेमा दुई सय सात वटा कम्पनीहरुको ५१ हजार आठ सय १३ पटकको कारोवारमा एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार एक सय ६५ रुपैयाँ पुुगेको छ ।  
नेप्सेमा आज कारोवार भएका कम्पनीहरु मध्ये सबैभन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी परेको छ । 
बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।