शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पहिलो दिन नै नेप्सेमा छलाङ : जलबिद्युत बाहेक सबै समुहले कमाए

आइतबार, माघ ४ २०७७

काठमाडौं । साताको पहिलो दिन नै नेप्सेले छलाङ मारेको छ । नेप्से आज आईतबार २८ दसमलव ४६ अंकले बढेर २३ सय १५ दसमलव चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव १५७ अंकले बढेर चार सय ४३ दसमलव ४२ अंकमा चढेको छ । 

आज दुुई सय आठ वटा कम्पनीहरुको ५० हजार छ सय सात पटकको कारोवारमा एक करोड ५० लाख ३५ हजार दुई सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार सात सय ८२ रुपैयाँ पुगेको छ । 

आज १२ वटा समुहको कारोवार भएकोमा हुुंदा जलबिद्युुत बाहेक सबै समुहले कमाएकाछन ।

 ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव एक अंकले बढेर १७ सय ३५ दसमलव ५७ अंकमा पुुग्दा बिकास बंैंक, निर्र्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनाईटेड फाईनान्स परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल टेलिकम परेको छ ।