शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टेलिसिरियल ‘मादलको खरि’लाई भोजपुरमा सम्मान

आइतबार, माघ ४ २०७७

काठमाडौं । रमाइलो टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिसिरियल हो ‘मादलको खरि’ ।

सामजिक बिसङ्गतिबिरुद्धको आवाज बोल्दै आएको मादलको ‘मादलको खरि’ले गाउँ तथा सहरमा निकै चर्चा तथा परिचर्चा कमाउँदै आएको छ । 

उक्त टेलिसिरियल ‘मादलको खरि’ले आलै भोजपुर जिल्लामा भव्य सम्मान पनि थाप्न भ्याएको छ । 

‘मादलको खरि’ले भोजपुर जिल्लाको अरुण गा.पा.–७ सिक्रेटारमा आयिजोत एक कार्यक्रममा बिशेष सम्मान पाएको हो ।

कार्यक्रममा लेखक तथा निर्देसक किसोर अनुरागसहित ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत बिष्ट,  भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोईराला, समीर राई, आशिष केसी, आईसा राई लगायतका  कलाकरहरुलाई सम्मान गरेका थिए । 

त्यसैगरी प्राविधिकतर्फ छायांकार तथा निर्माता आनन्द प्रभाकर घिमिरेसहितका टोलिलाई सम्मान–पत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत गरेको थियो।

madal ko khari samman.JPG

कार्यक्रम जीवन थापाको संयोजकत्वमा सगरमाथा मा.वि.मा भएको थियो ।

कार्यक्रममा ‘मादलको खरी नाटक’को बिशेष मञ्चमा कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत बिस्टको क्यारिकेचर र सारङ्गि  प्रस्तुति र स्थानिय कलाकारको प्रस्तुतीले दर्सकले भरपुर मनोरन्जन लिएका थिए ।
 
भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरि स्थानीय कलाकार र संस्कृतिलाई समेत बिशेष महत्त्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगोलिक र संस्कृतिक गरिमा अभिबृद्दी भएको कुरा सिक्रेटारका वडाध्यक्ष डिल्लीराम अधिकारिले  प्रस्ट्याएका थिए । 

भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिणत गर्ने अभियानलाई कार्यक्रम ‘मादलको खरि’ले झन धेरै टेवा पु–याएकोमा कार्यक्रमको प्रमुख गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले धन्यबाद समेत ब्याक्त गरिन् ।