शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

वृज सिमेन्टले ‘नेपाल स्टार’का सिद्धान्त खड्काको घर बनाईदिने 

आइतबार, माघ ४ २०७७

काठमाडौ । नेपाल टेलिभिजनबाट प्रशारित नेपालको आफनै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम ‘वाईवाई नेपाल स्टार’ को उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले घर बनाउन सहयोग गर्ने भएको छ। 

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनको सहकार्यमा वृज सिमेन्टले सिद्धान्तको घर निर्माणका लागि सहयोग गर्ने भएको हो। 

अडिसन राउन्डदेखि आजको दिनसम्म आफ्नो मेहनत र परिश्रमले उत्कृष्ट ६ सम्मको यात्रा तय गरेका सिद्धान्तलाई वृज सिमेन्टले बधाइ पनि दिएको छ। 

सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी अडिसन  राउण्डबाट प्रवेश  गरेका थिए। उनको आफ्नो गायनको शृङ्खलाको निरन्तरता नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटका आधारमा बाहिरिएका थिए।