काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले भोलि बुुधबार पुुर्णकालीनरुपमा बित्तीय सेवा उपलब्ध गराउने भएकाछन ।
राष्ट्र बैंकले भोलि बुधबार राजश्व संकलन कार्यको लागि पुुर्णकालीनरुपमा सेवा प्रवाह गर्न बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएपछि बैंक तथा फाईनान्स कम्पनीहरुले यस्तो सुबिधा उपलब्ध गराउन लागेका हुुन ।
नेपाल सरकारको राजश्व बुुझ्ने प्रयोजनको लागि बुुधबारका दिन नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोवार गर्ने बैंक तथा बित्तीय संस्थाहरुका सम्पुर्ण राजश्व संकलन गर्ने शाखा, काउन्टर एवं बैकका क्लियरिङ सम्वन्धी कार्य गर्ने काउन्टरहरु नेपाल क्लियरिङ हाउस लिमिटेड पुर्णकालिनरुपमा खुल्ला गर्ने निर्णय भएको हुुदां सोही अनुसार कारोवार सञ्चालन गरी राजश्व बुुझ्ने तथा प्राप्त भएका राजश्व दाखिला सम्वन्धी चेकहरु सोही दिन क्लियरिङ गरी खातामा जम्मा गर्नहुुन यो सुचना जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
