शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झिनो अंकले बढ्यो नेप्से, गुमाउने समुह भन्दा कमाउने समुह धेरै

सोमबार, पुष २७ २०७७

काठमाडौ । नेप्से झिनो अंकले बढेको छ । आज सोमबार नेप्से तीन दसमलव सात अंकले बढेर २२ सय ३९ दसमलव ४२ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९६ अंकले बढेर चार सय २९ दसमलव ३९ अंकमा चढेको छ । 
आज दुुई सय आठ वटा कम्पनीहरुको ४८ हजार ५३ पटकको कारोवारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय ९३ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ८७ अंकले बढेर १७ सय २३ दसमलव १७ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । 
टे«डिङ, होटल, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक भने घटेकाछन । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सिद्धार्थ बैंक परेको छ ।